बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा पदबाट राजीनामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेका छन् । नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाँले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिन आज प्रदेशसभा बैठक बोलाएका थिए ।
प्रदेशसभामा सम्बोधनका क्रममा आफ्नो एक वर्षे कार्यकालमा सरकारले हासिल गरेका प्रमुख उपलब्धिहरू २८ बुँदामा प्रस्तुत गरेलगत्तै उनले पद त्यागको घोषणा गरेका हुन्र्नु ।
१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा आफ्नै दल नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) का २ गरी कुल ३८ सांसदको मात्र समर्थन रहेको थियो।
एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विपक्षमा उभिने तथा राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बस्ने निश्चित भएपछि बहुमत नपुग्ने पक्का भएपछि बानियाँले मतदान प्रक्रियामा नगई राजीनामा दिने निर्णय गरेका हुन्र्नु ।
नेपाली कांग्रेसका बानियाँ २०८२ साउन २० गते बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए । उनले २०८२ साउन २७ गते ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित विश्वासको मत प्राप्त गरेका थिए ।
साउन ६ गते सत्ता साझेदार एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । मुख्यमन्त्री बानियाँको राजीनामासँगै बागमती प्रदेशमा नयाँ गठबन्धन सरकार गठनका लागि बाटो खुला भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment