नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

डिसी नेपाल
१ भदौ २०८३ १७:०६

काठमाडौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन्। ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को मन्दिर परिसरमा आज विशेष पूजा आयोजना गरि नागपञ्चमी मनाइएको हो।

पूजाको नेतृत्व बीजीएनका गोर्खा मेजर मेजर किरण पुन एमभीओ र बीजीएन पण्डित झबिन्द्र घिमिरेले गरेका थिए। पूजामा बीजीएनका अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। हिन्दू धार्मिक मान्यताअनुसार नाग अर्थात् सर्प देवताको पूजा गर्दा घरपरिवारको सुरक्षा, सुख–शान्ति तथा कल्याण हुने विश्वास गरिन्छ।

नाग पञ्चमी धार्मिक पर्वसँगै पर्यावरणीय महत्व बोकेको पर्वका रूपमा समेत लिइन्छ। नाग भगवान अर्थात सर्पप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने लामो समयदेखिको परम्परालाई यस पर्वले निरन्तरता दिएको छ।

बीजीएनले सामाजिक सञ्जाल फेसबुक मार्फत नाग पञ्चमीको अवसरमा मन्दिरमा पूजा गरिएको जानकारी दिँदै पूजामा सहभागी अधिकृत तथा कर्मचारीहरूको तस्बिरसमेत सार्वजनिक गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *