नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल
काठमाडौं। नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा अटो शो संयोजक अनुपकुमार बरालले नाइमा अटो शोलाई आफूहरुको कपी भएको दाबी गरेका छन्।
नाडाले १८ औं शोको आयोजना गरिरहेकाले आफूहरुले गरिरहेको इभेन्ट ओरिजिनल भएको बताए। ‘कसैले विचमा अटो शो गर्छ भने त्यो रोक्न सकिदैन्। तर नाडा आफ्नै फ्लोमा काम गरिरहेको छ। नाडा अटो शो इज जेनियुन हो, नाइमा अटो शो नाडाको कपी हो,’ उनले।
नाडा देशभर फैलिएको, सातै प्रदेशमामा शाखा भएको देशभर २८ सय सदस्य भएको संस्था भएकाले कुनै संस्थासँग तुलना गरिरहनु जरुरी नभएको औंल्याए।
नाडा अन्तर्गत रहेका कम्पनीहरुले नेपालको अर्थतन्त्र र राजश्वमा २२ देखि २५ प्रतिशत योगदान रहेको दाबी गर्दै एकलाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको बताए।
‘नाडा अटो शो २)२६’ आगामी भदौ ( देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुँदैछ। अटो शोको तयारीबारे जानकारी दिन आयोजित सोमबार आयोजित पत्रकार सम्मेलनमा वरालले तयारी धमाधम भइरहेको जानकारी दिए।
नाडाको ५)औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो।
यसअघि नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याचरर्स एशोसिएसन (नाइमा) ले दोस्रो संस्करणको ६ दिने ‘नाइमा नेपाल मोविलिटी एक्स्पो–२)२६’ को समापन भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment