डिसी नेपालका समाचार सम्पादक मदन कोइरालालाई पितृशोक

डिसी नेपाल
३ भदौ २०८३ ८:३७

काठमाडौं । डिसी नेपालका समाचार सम्पादक मदन कोइरालालाई पितृशोक परेको छ । उनका पिता गोविन्द प्रसाद कोइरालाको ८३ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।

विगत केही समयदेखि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका स्वर्गीय कोइरालाको उपचारकै क्रममा निधन भएको हो ।

ओखलढुंगाका मूल निवासी उनका श्रीमती तीन छोरा र दुई छोरी छन् । स्वर्गीय कोइरालाप्रति डिसी नेपाल परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *