तीन सय किलो गाँजा बरामद

डिसी नेपाल
३ भदौ २०८३ २२:३६

सर्लाही। सर्लाहीको कौडेनाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

प्रहरीले कौडेना गाउँपालिका–१, लक्ष्मीपुरस्थित बाँसघारी नजिकै गँहुको भुस राख्न बनाएको बाँसको कच्ची घरबाट तीन सय किलो गाँजा बरामद गरेको हो। विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ३० वटा पोकामा लुकाइराखेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

गाँजा बरामद भएको उक्त बाँसको कच्ची घर स्थानीय विजय पटेलको रहेको खुलेको छ। घरधनी पटेल भने फरार रहेकाले उनको खोजी तथा बरामद लागूऔषधको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।

यस क्षेत्रमा यसअघि पनि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको थियो। लागूऔषध गाँजाको ओसारपसारको केन्द्र बनेको यस गाउँलाई प्रहरीले उच्च निगरानीमा राखेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *