गरिमा चौधरी हत्या प्रकरण : आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु
काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङसहितको मन्त्रालयको टोलीले गरिमाका बुबा मनोज चौधरी र आमा मानमती चौधरीसँग अहिले मन्त्रालयमै भेटघाट तथा छलफल थालेको हो। न्यायको माग गर्दै उनीहरू आजै दिउँसो सिमरा विमानस्थलबाट केही स्थानीय अभियन्ताहरूसँगै काठमाडौं आएका थिए। पीडित परिवारसँग भइरहेको यो महत्वपूर्ण छलफलमा कृषिमन्त्री गीता चौधरीसमेत गृहमन्त्रालयमा उपस्थित छन्।
घटनालगत्तैदेखि गरिमालाई न्याय दिलाउन र दोषीमाथि कडा कारबाहीको माग गर्दै बारा, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा नागरिक तथा अभियन्ताहरूले लगातार प्रदर्शन गर्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment