छिर्कनेमा पहिरो खस्दा पृथ्वीराजमार्गको यातायात प्रभावित
दमौली। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ।
आइतबार साँझ पहिरो खसेर सडकको एक लेन अवरुद्ध भएपछि अर्को लेनबाट मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्। साँघुरो सडकका कारण दुवैतर्फका सवारीसाधनलाई आवतजावत गर्न असहज भएको प्रहरीले जनाएको छ।
पहिरो खसेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा खटिएको छ।
प्रहरी टोलीले पहिरो हटाएर सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गरिरहेको जनाएको छ। पहिरोका कारण राजमार्गमा सवारीसाधन आवतजावत प्रभावित भएकाले प्रहरीले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment