विचार मिल्ने दल तथा समुहसँग वार्ता गर्न जय नेपाल पार्टी बनायो समिति

डिसी नेपाल
८ भदौ २०८३ १५:१३

काठमाडौं। डा. धवल शमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ।

जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ।

जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको थियो।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताएअनुसार, केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *