कञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन
ताप्लेजुङ। ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन्। पछिल्लो एक वर्षको अवधि अर्थात गत आर्थिक वर्षमा एक हजार बढी विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक हजार ३३१ जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका छन्। उक्त सङ्ख्यामध्ये ७९ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् भने अन्य विदेशी पर्यटक एक २५२ जना कञ्चनजङ्घा क्षेत्रको भ्रमण अएको कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादव जानकारी दिए।
उनका अनुसार सार्क राष्ट्रका ११ महिला र ६८ जना पुरुष रहेका छन्। सार्क राष्ट्रबाहेक अन्य विदेशी पर्यटकमा ८१३ जना पुरुष र ४३९ महिला रहेका छन्। गत आवमा ४८ जना पुरुष र एक महिला गरी ४९ जना नेपालीले समेत कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ।

गत आवमा सबैभन्दा कात्तिक महिनामा ६०७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन्। यस्तैसार्क राष्ट्रसहित विदेशी र नेपाली गरी गत आवको भदौ महिनामा १५ जना, असोजमा २९३, मङ्सिरमा ७८, चैतमा १४३, बैशाखमा २०४ र जेठमा ४० जना पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेका छन्।
साउन, पुस, माघ, फागुन र असार महिनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्न एकजना पनि पर्यटक नआएका संरक्षण क्षेत्र कार्यालयले जनाएको छ।
त्यस्तै अघिल्लो आव २०८१/८२ मा एक हजार ३८० जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए। यता कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकबाट कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयले २७ लाख २८ हजार ४०० रुपियाँ भ्रमण शुल्कबापत राजस्व सङ्कलन गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment