स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

डिसी नेपाल
८ भदौ २०८३ १९:२५

स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।

सोमबार साँझ करिब ५: ४५ बजे गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

जिपमा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पहिचान पनि खुल्न बाँकी छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *