गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते
वालिङ (स्याङ्जा)। गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो।
जिपमा सवार अन्य १७ जना घाईते भएका छन्। ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर छ। उनीहरुलाई पाल्पास्थित युनाईटेड मिशन अस्पताल पठाइएको छ। सामान्य घाइते भएका पाँच जना घर फर्केका छन्। अन्यको गल्याङ नगर अस्पतालमा उपचार जारी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment