नेप्सेमा निरन्तर ओरालो यात्रा : मंगलबार ५.३० अंकले घट्दा ४ अर्ब १० करोडको कारोबार
काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज मंगलबार नेप्से ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५७ कम्पनिका एक करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० मा कारोबार भएको थियो। आज विकास बैंक र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.९५ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी धवलागिरी लघुवित्तको शेयर १०.०७ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी मकर जितुमाया सुरी हाइड्रोको ९० करोड बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १७ करोड ७१ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment