चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपत्कालीन राहत सामग्री

डिसी नेपाल
१४ भदौ २०८३ १२:२७

काठमाडौँ । भोटेकोशी बाढीका कारण प्रभावित बनेको नेपाललाई चीन सरकारले ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।

चीनको जनमुक्ति सेनाको वायुसेनाका दुई वटा ‘वाई-२०’ ठूला ट्रान्सपोर्ट विमान राहत सामग्री बोकेर आइतबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।

नेपाल सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विमानस्थल पुगी राहत सामग्री बुझ्नुका साथै नेपाल आइपुगेको उद्धार टोलीलाई स्वागत गरेका थिए। सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ र प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्री (प्यासी) लगायतको उपस्थिति रहेको थियो।

चीनको छेन्दुस्थित शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती दुई विमानले ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याएका हुन्। राहत सामग्रीमा पाल, कम्बल, स्लिपिङ ब्याग, ड्राइफुड (हार्डट्याक) र प्राथमिक उपचार किटलगायत रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *