बाढीपछि देवीघाटको अवस्था कहालीलाग्दो, बस्ती नै बगरमा परिणत

डिसी नेपाल
१५ भदौ २०८३ ९:०५

नुवाकोट। बाढी र पहिरोपछि नुवाकोटको देवीघाट क्षेत्रको अवस्था कहालीलाग्दो बनेको छ। विनाशकारी बाढीले बस्तीका घरहरू बगाएर ठूलो क्षेत्रमा बालुवा, ढुंगा र भग्नावशेष थुपारेको छ।

बाढीको वेगले कतिपय घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने कतिपय घरका संरचना मात्रै बाँकी छन्। बस्ती रहेको स्थान अहिले बगरमा परिणत भएको छ। घर तथा भौतिक संरचनाका भग्नावशेष, ढुंगा र माटो एकै ठाउँमा थुप्रिँदा देवीघाटको दृश्य निकै भयावह देखिएको छ।

बाढीले स्थानीयको घर, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति पु¥याएको छ। विपत्तिपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका प्रयास भइरहेका छन् भने क्षतिको विवरण संकलन गर्ने काम पनि जारी छ।

ड्रोनबाट खिचिएको देवीघाटको दृश्यले बाढी र पहिरोले पु¥याएको क्षतिको वास्तविक अवस्था अझ स्पष्ट पारेको छ। कुनै समय बस्ती र घरहरूले भरिएको क्षेत्र अहिले माटो, ढुंगा, बालुवा र भग्नावशेषले ढाकिएको देखिन्छ।

प्राकृतिक विपत्तिले निम्त्याएको यो विनाशले स्थानीयलाई विस्थापित बनाउनुका साथै उनीहरूको वर्षौँको मेहनत र सम्पत्ति क्षणभरमै तहसनहस भएको छ। उद्धारपछि प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने र तत्काल राहत उपलब्ध गराउने कामलाई प्राथमिकता दिनुपर्ने अवस्था देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *