एसीसी प्रिमियर कप: बहराइनलाई ७ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

डिसी नेपाल
१५ भदौ २०८३ १२:१०

काठमाडौँ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभल मैदानमा सम्पन्न तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बहराइनमाथि ७ विकेटको सानदार जित हात पारेको छ।

नेपालले बहराइनले प्रस्तुत गरेको ८८ रनको सहज लक्ष्य २१ ओभरमा ३ विकेट गुमाउँदै प्राप्त गर्‍यो। नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३६ रनको अविजित योगदान दिए भने रोहित पौडेल १९ रनमा नटआउट रहे तथा आसिफ शेख १८ रनमा आउट भए।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन नेपाली बलरहरू सामु निरिह बन्दै ३६.२ ओभरमा मात्र ८७ रनमा अलआउट भएको थियो। बहराइनलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले घातक स्पिन बलिङ गर्दै १० ओभरमा ४ मेडेनसहित १४ रन दिएर ५ विकेट लिए। उनलाई साथ दिँदै ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट हात पारेका थिए। यस जितसँगै नेपालले प्रतियोगितामा २ अङ्क जोड्दै सुखद सुरुआत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *