एक हजार १२२ किलो गाँजासहित उदयपुरबाट तीन जना पक्राउ

डिसी नेपाल
१५ भदौ २०८३ १५:२३

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शान्तिवन वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरिएको हो। प्रहरीले गाँजा ५२ बोरामा राखिएको अवस्थामा फेला पारेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले वन क्षेत्रमा लुकाएर राखिएको गाँजा बरामद गरिएको जानकारी दिए।

प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा प्रहरीले बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी समेत नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा कहाँबाट ल्याइएको हो र यसको कारोबारमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *