प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाखभन्दा बढी सहयोग

डिसी नेपाल
१५ भदौ २०८३ १७:०३

काठमाडौं। समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापना कार्यका लागि ६३ लाख ३७ हजार ३ सय ७८ रुपैयाँ सहयोग गरेका छन्।

समानान्तर निर्माण सेवा प्रालिका तर्फबाट ५१ लाख ५१ हजार ५ सय १५ रुपैयाँ तथा समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८ सय ६३ रुपैयाँ संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

कम्पनीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रमार्फत सहयोग रकम कोषमा प्रदान गरिएको जानकारी गराएको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

समानान्तर ग्रुपले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनस्र्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।

कम्पनीले विपद् प्रभावित नागरिकको जीवन सामान्य बनाउन नेपाल सरकारबाट भइरहेको राहत तथा पुनस्र्थापना कार्यप्रति ऐक्यबद्धता जनाउँदै सहयोग रकम सम्बन्धित राहत तथा पुनस्र्थापना कार्यमा सदुपयोग गर्न आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *