नेपाल बैंकको सञ्चालक समिति फेरबदल: भण्डारी, जोशी र खड्का नयाँ सञ्चालक नियुक्त

डिसी नेपाल
१६ भदौ २०८३ १२:१४

काठमाडौं। नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा फेरबदल भएको छ। बैंकका अनुसार नेपाल सरकार, अर्थ मन्त्रालय तथा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्ने सञ्चालकहरू परिमार्जन भएका हुन्।

अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक समितिका अध्यक्ष शोभाकान्त पौडेल र सञ्चालक अमृत लम्साल समितिबाट बिदा भएका छन्। त्यसैगरी, सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवनकुमार कट्वाल पनि बाहिरिएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत बैंकले दिएको जानकारीअनुसार अर्थ मन्त्रालयको तर्फबाट पिताम्बर भण्डारी र देवराज जोशी नयाँ सञ्चालकमा नियुक्त भएका छन्। यस्तै, कर्मचारी सञ्चय कोषको तर्फबाट सुवाष खड्का सञ्चालकमा नियुक्त भएका छन्।

नवनियुक्त सञ्चालकहरूले सम्बन्धित निकायको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक समितिमा आफ्नो कार्यभार सम्हाल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *