भोटेकोशी-त्रिशूली बाढी : ६ हजारभन्दा बढी घर बगे, निजी आवासमा मात्रै १२ अर्बको क्षति

डिसी नेपाल
१६ भदौ २०८३ १७:४९

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा गत १० भदौमा आएको विनाशकारी बाढीका कारण तीन जिल्लामा ६ हजारभन्दा बढी निजी घर बगेको प्रारम्भिक अनुमान गरिएको छ।

सहरी विकास तथा भवन निर्माण विभागले दिएको जानकारीअनुसार बाढीबाट निजी आवास क्षेत्रमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय मातहतका विभागहरूले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।

विभागका अनुसार बाढीले निजी घरका साथै ४५ वटा सरकारी तथा सार्वजनिक भवनमा पनि क्षति पुर्‍याएको छ। यो तथ्याङ्क अझै अध्ययनकै क्रममा रहेकाले क्षतिको अन्तिम विवरणमा केही हेरफेर हुन सक्ने विभागले जनाएको छ।

बाढीबाट विस्थापित भएका परिवारका लागि तत्काल ६ हजारभन्दा बढी अस्थायी आवास निर्माण गर्नुपर्ने र त्यसका लागि कम्तीमा ९० करोड रुपैयाँ हाराहारी रकम तत्काल आवश्यक पर्ने विभागको अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *