लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङबाट दुई जनाको शव निकालियो, २५ जना अझै सम्पर्कविहीन

डिसी नेपाल
१८ भदौ २०८३ १२:२७

रसुवा। रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरङभित्रबाट दुई जनाको शव निकालिएको छ। सुरङमा खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले बिहीबार ती शवहरू बाहिर निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।

यसअघि सरकारी उद्धार टोली सुरङको मुख्य बाटोबाट भित्र छिर्ने प्रयास गरे पनि ढुङ्गा, माटो र लेदो भरिएकाले करिब १०० मिटरभन्दा अघि बढ्न सकेको थिएन। त्यसपछि आयोजनाका प्राविधिकहरूसहितको टोली बैकल्पिक उद्धार कार्यमा जुटेको थियो।

बुधबार हाइड्रो-मेकानिकल इन्जिनियरसहितको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र पसेर करिब १५० मिटर माथिसम्म पुग्न सफल भएको थियो। सोही पेनस्टक पाइपको बाटो प्रयोग गरी सेनाले बिहीबार दुई जनाको शव बाहिर निकालेको हो।

उक्त आयोजनामा कार्यरत २५ जना कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको महाप्रबन्धक भट्टराईले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *