प्रधानमन्त्री बालेन शाह र नेता वर्षमान पुनबीच भेटवार्ता, भोटेकोशी बाढी र राहतबारे छलफल

डिसी नेपाल
१८ भदौ २०८३ १४:०१

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट गरेका छन्।

उनीहरूबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढी, त्यसपछिको खोज, उद्धार, घाइतेको उपचार तथा राहत वितरणका विषयमा गम्भीर छलफल भएको छ।

साथै, बाढीका कारण क्षतिग्रस्त भएका भौतिक पूर्वाधारहरूको पुनर्निर्माण र तिनलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने उपायबारे समेत विचार-विमर्श भएको छ।

यसैबिच, प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका छन्। उनीहरूबीचको भेटमा समेत भोटेकोशी बाढी प्रभावित क्षेत्रको समस्या, उद्धार र राहतका विविध विषयमा छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *