आजको राशिफल: कुन राशिलाई कस्तो छ दिन?

डिसी नेपाल
२० भदौ २०८३ ६:२३

मेष

दिन सामान्य रहनेछ। बोल्दा संयमता अपनाउनु आवश्यक छ। साथीभाइसँग सतर्क भएर काम गर्दा लाभ हुनेछ। सम्पत्तिको पछाडि लाग्दा प्रतिष्ठा गुम्ने जोखिम रहेकाले सजग रहनुहोला। परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ।

वृष

आम्दानीका दृष्टिले आजको दिन शुभ छ। दाजुभाइसँगको सहकार्यले सफलता दिलाउनेछ। शिक्षा क्षेत्रमा उत्साह बढ्नेछ भने लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारलाई पर्याप्त समय दिन नसक्दा केही असमझदारी बढ्न सक्छ।

मिथुन

दिन फलदायी रहनेछ। आफन्त वा बन्धुबान्धवसँगको कारोबारले फाइदा पुर्याउनेछ। व्यापारमा नयाँ लगानी गर्ने हिम्मत जुटाउनु पर्नेछ। राजनीतिक क्षेत्रबाट टाढै रहनु उत्तम हुनेछ भने विरोधीको आलोचना सुन्नुपर्ने स्थिति आउन सक्छ।

कर्कट

आजको दिन सामान्य अनुकूल छ। सम्पत्तिको सही सदुपयोगमा ध्यान दिनुहोला। पश्चिमतर्फको लामो यात्रा नगर्नु राम्रो हुन्छ। धनको दौडमा आफ्नो इज्जत र मर्यादाको ख्याल राख्नुहोला। पारिवारिक गोपनीयता भङ्ग हुन नदिनुहोस्।

सिंह

दिन सकारात्मक रहनेछ। व्यापार-व्यवसायमा सुधारका संकेत देखिनेछन्। शिक्षामा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। पारिवारिक सल्लाहमा थालिएका काम सफल हुनेछन् भने प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ।

कन्या

आजको दिन केही चुनौतीपूर्ण छ। नयाँ वा ठूला कामको सुरुवात नगर्नु नै उपयुक्त हुनेछ। कार्यक्षेत्रमा अवरोधको सामना गर्नुपर्ला। सेवाभाव राख्दा पनि अरूलाई खुसी पार्न गाह्रो हुनेछ, यद्यपि कृषिजन्य व्यापारमा नाफा हुनेछ।

तुला

आजको दिन उत्तम छ। आम्दानीका स्रोतहरू परिचालन गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको राम्रो फल मिल्नेछ। राजनीति र कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा पदोन्नतिको योग छ।

वृश्चिक

दिन सामान्यतया शुभ छ। श्रमको उचित मूल्याङ्कन हुनुका साथै स्वास्थ्यमा सुधार आउनेछ। प्राविधिक शिक्षामा गरिएको लगानीबाट लाभ मिल्नेछ। धार्मिक कार्यमा सहभागिताले मनमा शान्ति मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु

भाग्यस्थानमा चन्द्रमाको प्रभावले दिन निकै राम्रो रहनेछ। पुराना लगानीबाट राम्रो फाइदा हात लाग्नेछ। परिवारसँगको सम्बन्ध सहज र बलियो बन्नेछ भने स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ।

मकर

काम गर्दा विशेष सतर्कता अपनाउनुपर्ने दिन छ। मिहिनेत अनुसार श्रमको उचित फल प्राप्त हुनेछ। परिवारको सल्लाह र सहयोगमा गरिएका कामहरू सफल हुनेछन् भने पारिवारिक मेलमिलाप कायम रहनेछ।

कुम्भ

कठिन परिस्थितिमा परिवारको पूर्ण सहयोग मिल्नेछ। रमाइलो यात्राको योजना बन्न सक्छ। शिक्षाको क्षेत्रमा गरिएका प्रयास सफल हुनेछन्। दाम्पत्य जीवन तथा प्रेम सम्बन्ध सुखद र मधुर रहनेछ।

मीन

दिन सामान्य रहनेछ। टाउको र शरीर दुख्ने जस्ता स्वास्थ्य समस्याले सताउन सक्छ। आलस्यताका कारण शिक्षा क्षेत्रमा घाटा हुन सक्नेछ। परिवारको साथमा गरिएका काममा सफलता मिल्नेछ भने प्रेम सम्बन्ध अनुकूल रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *