राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री शाह ६ असोजमा अमेरिका जाने

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराइने

डिसी नेपाल
२२ भदौ २०८३ १६:२०

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। महासभालाई सम्बोधन गरेपछि उनी असोज ९ गते नै स्वदेश फर्किने तय भएको छ।

हालै भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी हुन लागेका हुन्। महासभामा उनले नेपालमा जलवायु परिवर्तनले पारेको गम्भीर असर र क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाने तय भएको थियो। तर, बाढीपछिको परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहकै नेतृत्वमा टोली जाने निर्णय भएको हो। प्रधानमन्त्रीको यो भ्रमण टोली संक्षिप्त हुने र यसमा १० जनासम्म मात्र सहभागी रहने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *