कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समिति बैठक

डिसी नेपाल
२२ भदौ २०८३ १७:५७

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ। भदौ २३ गते मंगलबार (भोलि) का लागि बैठक आह्वान भएको हो।

बैठक दिउँसो १ बजे बस्नेछ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने सदस्य सचिव राजु कटुवालले बताए।

कांग्रेसले भदौ २४ मा वडा अधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो। तर, उक्त समयमा अधिवेशन नहुने भएपछि संशोधित कार्यतालिका ल्याउन बैठक आह्वान भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *