कांग्रेसको १५औं महाधिवेशन: वडा अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय

डिसी नेपाल
२२ भदौ २०८३ १४:२०

काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन असोजको पहिलो साता गर्ने निर्णय गरेको छ

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशको पछिल्लो विषम परिस्थिति तथा बाढीपहिरोका कारण प्रभावित बनेका जिल्लाहरूको अवस्थालाई ध्यानमा राख्दै वडा अधिवेशनको मिति सार्ने निर्णय गरेको हो

पार्टी सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार वडा अधिवेशन अब असोज ३ वा ४ गतेसम्म सम्पन्न हुने गरी अघि बढाइनेछ। यसअघि तय भएको असोज १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तालिका भने यथावत् नै रहनेछ

बाढीपहिरो र विषम परिस्थितिका कारण मिति संशोधन

पार्टी प्रवक्ता देवराज चालिसेले रसुवा, नुवाकोट, धादिङसहित मुलुकका विभिन्न भागमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएकाले पीडित नागरिकको राहत तथा उद्धारलाई समेत मध्यनजर गर्दै अधिवेशनको प्रक्रिया अघि बढाउने जानकारी दिए। निर्वाचन समितिले प्राविधिक व्यवस्थापन गर्दै नयाँ मिति औपचारिक रूपमा कार्यान्वयनमा ल्याउनेछ

क्रियाशील सदस्यतामा लचकता

महाधिवेशनलाई सर्वस्वीकार्य र सहज बनाउन क्रियाशील सदस्यताको हकमा पनि कांग्रेसले लचक नीति अख्तियार गरेको छ

२०८२ पुस २१ गतेसम्म तत्कालीन महामन्त्री (हालका सभापति) गगन थापा नेतृत्वको समितिले टुंग्याएको क्रियाशील सदस्यता नवीकरणलाई नै आधार मानेर अधिवेशनमा जाने निर्णय गरिएको सहमहामन्त्री चौधरीले बताउनुभयो

यस निर्णयसँगै १५औँ महाधिवेशनमा सहभागी हुन तत्कालका लागि अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्ने बाध्यता हटेको छ। यद्यपि, महाधिवेशन सम्पन्न नभएसम्म सदस्यता अद्यावधिक गर्ने नियमित प्रक्रिया भने निरन्तर जारी रहनेछ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *