राष्ट्रपति पौडेलद्वारा देश र जनताको कल्याणका लागि पशुपतिनाथमा पूजा-आराधना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धि र नेपाली जनताको मङ्गल कामना गर्दै प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना गरेका छन्।
आज (मंगलबार) बिहान प्रथम महिला सबिता पौडेलसहित पशुपति पुगेका राष्ट्रपति पौडेलले देश र जनताको हितका लागि प्रार्थना गर्दै संकल्प पूजा गरेका हुन्।
पूजा-अर्चनापछि उनले मूल पुजारीबाट विधिपूर्वक जल, मूलप्रसाद र फूल ग्रहण गरेका थिए।
राष्ट्रपति पौडेलको उपस्थितिमा मन्दिर परिसरको सुरक्षा व्यवस्था चुस्त बनाइनुका साथै दर्शनार्थीहरूका लागि नियमित पूजाआजा सुचारु राखिएको थियो।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment