सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला ३ लाख ५ हजार नाघ्यो
काठमाडौं। नेपाली बजारमा विगत केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सुनको मूल्य मंगलबार भने उल्लेख्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले वृद्धि भई ३ लाख ५ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार तोलामा ३ हजार १०० रुपैयाँ र सोमबार ३ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर ४ हजार ७९० रुपैयाँ पुगेको छ। यसअघि आइतबार तोलामा ४० रुपैयाँ र सोमबार ३५ रुपैयाँले घट्दै चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा झरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment