सर्लाहीका तत्कालीन एसपीलाई धम्क्याउने नेकपाका नेता यादव दुई वर्षपछि पक्राउ
जनकपुरधाम । सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई टेलिफोनमार्फत धम्की तथा गालीगलौज गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अशोक यादव पक्राउ परेका छन्। फरार रहँदै आएका यादवलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको हो।
मधेश प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार तत्कालीन एसपी खड्कालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको पुष्टि भएपछि यादवलाई पक्राउ गरिएको हो।
घटना २०८२ असारको हो। त्यतिबेला यादव र तत्कालीन एसपी खड्काबीच भएको टेलिफोन संवादको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो, जसमा यादवले एसपी खड्कालाई ‘मधेशमा लुट्न आएको’ भन्दै गालीगलौज र धम्की दिएका थिए।
अडिओ सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा यादवविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरिएको थियो। मुद्दा दर्तापछि लगातार फरार रहँदै आएका उनलाई दुई वर्षपछि प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment