सरकारलाई रास्वपा सांसदकै प्रश्न- कहाँ पाइन्छ ग्यास सिलिन्डर?
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशकी पूर्वमन्त्री कल्पना पाण्डे लम्सालले बजारमा ग्यास नपाएको भन्दै सामाजिक सञ्जालमार्फत सहयोग मागेकी छन्।
अभावका कारण भान्सा चलाउन कठिन भएको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्, “हैन यो ग्यास सिलिन्डर कहाँ पाउँछ? गाह्रो पो पर्ने भो त!”
उनको यो पोस्टपछि सर्वसाधारणले बजारमा व्याप्त उपभोग्य वस्तुको अभाव र सरकारको फितलो बजार अनुगमनलाई लिएर आलोचनात्मक प्रतिक्रिया दिएका छन्। कतिपय प्रयोगकर्ताले त सत्तारूढ दलकै नेताले समेत ग्यास नपाएर सास्ती भोग्नुपरेको भन्दै व्यङ्ग्यसमेत गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment