किम्रुङ खोला थुनिएको आशंका, मोदी तटीय क्षेत्रमा उच्च सतर्कता

डिसी नेपाल
२४ भदौ २०८३ ६:४८

गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको आशंकामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारमा रहेका डिमुवा, अमबोटलगायतका बस्तीहरूमा माइकिङ गर्दै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिसकिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयबाट पहिरोले खोला थुनिएको खबर आएलगत्तै तटीय क्षेत्रमा सतर्कता बढाइएको बताए।

खोला फुटेर आउन सक्ने सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई नदी किनारमा नजान र सजग रहन सूचित गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *