हामी सत्ता माग्न होइन, सुशासनका लागि सडकमा गएका थियौं : सांसद यादव

डिसी नेपाल
२४ भदौ २०८३ १३:४७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक सङ्घर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाउनुपरेको बताए।

आफू पनि गत भदौ २३ गतेको आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी भएको उल्लेख गर्दै उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्मको प्रक्रियामा आफू जोडिएको स्मरण गराए।

युवाहरू सुशासनका लागि सडकमा उत्रिँदा लाठी र गोली खानुपरेको भन्दै सांसद यादवले भने, “खासमा हामी सडकमा के माग्न गएका थियौँ, जसको बदलामा हामीले लाठी र गोली खानुपर्यो? हाम्रा साथीहरू सुशासनका लागि सडकमा उभिँदा बन्दुकको नालको निसानमा परेर ढले। हाम्रो माग सत्ता थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ।”

उनले आन्दोलनकारीको मुख्य ध्येय सत्ता प्राप्ति नभएको र आफूहरू कसैको भाग खोस्न नभई मुलुकमा सुशासन कायम गर्नका लागि सडकमा ओर्लिएको स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *