१२ संघीय अस्पतालमा ५० शव क्षमताका शवगृह बनाउने सरकारको निर्णय
सांकेतिक तस्बिर एआई
काठमाडौं। विपद्का बेला हुन सक्ने ठूलो जनधनको क्षति र शव व्यवस्थापनको चुनौतीलाई सम्बोधन गर्न सरकारले १२ वटा संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० वटा शव अट्ने क्षमताका शवगृह (मर्च्युरी) निर्माण गर्ने नीतिगत निर्णय गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत यो पूर्वाधार विकासको प्रक्रिया अघि बढाएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताका अनुसार विगतका प्राकृतिक विपद् तथा हालैको भोटेकोशी बाढीका क्रममा शव व्यवस्थापनमा ठूलो सास्ती र चुनौती देखिएकाले यो कदम चालिएको हो।
भविष्यमा आउन सक्ने महाविपद्मा शव व्यवस्थापन अस्तव्यस्त नहोस् भन्नका लागि अस्पतालहरूभित्रै पर्याप्त क्षमताका आधुनिक शवगृह निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment