काठमाडौं उपत्यकामा मासु पसलको दर्ता अनिवार्य

डिसी नेपाल
२५ भदौ २०८३ १७:०७

काठमाडौं। नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आगामी मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू गर्ने भएको छ।

सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको छ।

पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिनुपर्नेछ। इजाजत नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको सरकारले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *