देवीघाटमा नेपाली सेनाले बनाएको तादी खोलाको एक्रो पुल सञ्चालनमा
काठमाडौं। भोटेकोशीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा नेपाली सेनाले नुवाकोटको देवीघाटस्थित तादी खोलामा एक्रो पुल जडान गरी सडक सञ्चालनमा ल्याएको छ।
नुवाकोट–५, देवीघाटमा जडान गरिएको पुल ५७.९ मिटर लामो, ५.५ मिटर चौडा र अधिकतम ६० टन भार वहन गर्न सक्ने क्षमताको रहेको नेपाली सेनाले जनाएको छ।
पुल सञ्चालनमा आएसँगै नुवाकोट तथा आसपासका क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ। साथै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न पनि सहज हुने नेपाली सेनाले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment