धनुषामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
जनकपुर। धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ स्थित स्वास्थ्य निर्देशनालय अगाडि जनकपुर–ढल्केबर सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा.प्र. ०२–०६६ प ५९४२ नम्बरको बुलेट मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ज ८ प ३५०९ नम्बरको ग्लामर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बुलेट मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय सुमन यादव गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बुलेट मोटरसाइकलको पछाडि सवार सिरहाको नरहा गाउँपालिका–५ का अन्दाजी २५ वर्षीय सुभाष यादव र अर्को मोटरसाइकलका चालक धनुषाको लक्ष्मिनिया गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय मनोजकुमार यादव घाइते भएका छन्।
घाइते दुवैको जनकपुरस्थित जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment