नेपालबाट अस्करमा सिफारिस ‘तिनीहरू’ लाई प्रधानमन्त्री शाहको शुभकामना
काठमाडौं । अविनाश विक्रम शाहद्वारा निर्देशित र अन्वेषण अधिकारी द्वारा निर्मित फिल्म ‘तिनीहरू’ ९९औँ एकाडेमी अवार्ड्स (अस्कर अवार्ड्स) को ‘उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालको तर्फबाट आधिकारिक रूपमा प्रतिनिधित्व गर्न छनोट भएको छ।
यससँगै प्रधानमन्त्री बालेन्द्र शाहले फिल्मलाई सफलताको शुभकामना दिएका छन् । नेपालको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति’ले प्राप्त आवेदकहरू (गौंथली र तिनीहरू) मध्ये प्राविधिक सबलता, कथावस्तुको उठान, चरित्रको भावनात्मक गहिराइ र कलात्मक प्रस्तुतिको सूक्ष्म मूल्याङ्कन गरी अस्कर मानक अनुरूप ‘तिनीहरू’ लाई प्रतिस्पर्धाका लागि सिफारिस गरेको हो।
फिल्म अस्करमा नेपालको तर्फबाट सिफारिस भएको खबर सार्वजनिक भएसँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो आधिकारिक फेसबुक पृष्ठमार्फत चलचित्र निर्माण टोलीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
नेपालको तराई क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो फिल्मले मुख्य रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्याक (किन्नर/ट्रान्सजेन्डर) समुदायका पात्रहरूको जीवन, उनीहरूको सङ्घर्ष, सम्बन्ध र आत्मसम्मानको खोजलाई प्रस्तुत गर्दछ।
यो फिल्मले प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्दै नेपाली चलचित्र इतिहासमै कीर्तिमान रचिसकेको छ। साथै, एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा पनि यसले विभिन्न विधाहरूमा मनोनयन हासिल गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment