कृष्णभीर पहिरो सफा गर्ने कार्य जारी : दुवैतर्फबाट सवारी साधन पास गराइयो

डिसी नेपाल
२८ भदौ २०८३ १७:५३

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरो हटाई सडक सञ्चालनमा ल्याउने क्रममा परीक्षणका रूपमा दुवैतर्फबाट केही सवारी साधनहरू पास गराइएको छ।

सडक विभाग तथा सुरक्षा निकायको निरन्तर प्रयासपछि काठमाडौँबाट चितवनतर्फ एउटा बुलेट (ग्यास बुलेट) सवारीसहित करिब २० वटा सवारीसाधन सफलतापूर्वक पास गराइएको हो। त्यसै गरी चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एउटा भारी (ठूलो) सवारी साधनलाई पनि सुरक्षित रूपमा पार गराइएको छ।

प्रशासनका अनुसार पहिरो पन्छाएर सडकलाई दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य अहिले तीव्र गतिमा भइरहेको छ। सडक सुरक्षालाई ध्यानमा राख्दै पूर्ण रूपमा यातायात सञ्चालन नभएसम्म संयमता अपनाउन र अद्यावधिक सूचना लिन सञ्चारकर्मी तथा यात्रुहरूलाई आग्रह गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *