आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

डिसी नेपाल
३० भदौ २०८३ ९:२७

वालिङ (स्याङ्जा)। स्याङ्जाको वालिङमा ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–९ भूम्रेकी ५३ वर्षीया माया पाण्डेको खोलाले बगाउँदा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार पाण्डे सोमबार बिहान भूम्रेस्थित आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाएकी थिइन् ।

पाण्डेलाई खोलाले बगाएपछि वडा प्रहरी कार्यालय वालिङको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ स्थित शान्तिघाटमा आँधीखोलाको ढुङ्गामा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *