दशैं-तिहारमा एटीएमबाटै १०० का नोट पाइने, राष्ट्र बैंकको बैंकहरूलाई निर्देशन

डिसी नेपाल
३० भदौ २०८३ १२:५३

काठमाडौं।  नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाटै १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

चाडपर्वका बेला साना दरका नोट सटहीका लागि काउन्टरमा लाग्ने भीड कम गर्ने उद्देश्यले केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले यस्तो व्यवस्था मिलाउन पत्राचार गरेको हो।

राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्र पठाउँदै आफ्ना मातहतका एटीएम मेसिनहरूबाट १०० रुपैयाँको नोट निष्कासन हुने व्यवस्था मिलाउन भनिएको छ।

यसअघि अधिकांश बैंकका एटीएमबाट ५०० र १,००० रुपैयाँका नोट मात्रै पाइने गरेकोमा अब १०० रुपैयाँका नोट पनि सजिलै निस्कने भएकाले साना नोट आवश्यक पर्ने सर्वसाधारणलाई बैंकको काउन्टरमा लाइन बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *