फिनटेकका लागि समान प्रतिस्पर्धा र नवप्रवर्तन बढाउँदै राष्ट्र बैंक, पाँचवर्षे रणनीतिक ढाँचा तयार
xr:d:DAFZTz0hTIo:751,j:2708558445,t:23041407
काठमाडौं।नेपाल राष्ट्र बैंकले देशमा डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्दै फिनटेक क्षेत्रमा नवप्रवर्तन र समान प्रतिस्पर्धा प्रवर्धन गर्न पाँचवर्षे रणनीतिक ढाँचा तयार पारेको छ।
केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ आर्थिक वर्ष सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ।
यस रणनीतिले फिनटेकमैत्री नियमन, सुरक्षित डिजिटल पूर्वाधार तथा सरोकारवालाहरूबिचको समन्वयलाई प्रमुख प्राथमिकतामा राखेको छ।
रणनीति मुख्य गरी पूर्वाधार विकास, नीति-नियमन तथा सुशासन, र फिनटेक इकोसिस्टमको विकास गरी तीन वटा आधारस्तम्भमा आधारित छ। यसले फिनटेक सेवा प्रदायकहरूबिच समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै डिजिटल सेवाको लागत घटाउने, वित्तीय स्थायित्वका जोखिम न्यूनीकरण गर्ने र नयाँ डिजिटल वित्तीय उत्पादन तथा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
विशेष गरी साना तथा मझौला उद्योग , ग्रामीण क्षेत्रका बासिन्दा, युवा, महिला, बालबालिका र गिग अर्थतन्त्रका श्रमिकहरूलाई लक्षित समूहका रूपमा राखिएको छ।
राष्ट्र बैंकले यस रणनीतिको प्रभावकारी कार्यान्वयनबाट वित्तीय साक्षरता अभिवृद्धिसँगै सुरक्षित, समावेशी, नवीन र अन्तरआबद्ध डिजिटल वित्तीय प्रणालीको विकास हुने अपेक्षा राखेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment