महानगरहरूमा घरजग्गा कारोबारमा ठूलो उछाल, काठमाडौँमा १५६ प्रतिशतसम्मको वृद्धि

डिसी नेपाल
३० भदौ २०८३ १३:३१

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल घरजग्गा कारोबार संख्या १२.२५ प्रतिशतले बढ्दा विशेष गरी महानगरपालिकाहरूमा यसको वृद्धिदर अझ उच्च देखिएको छ।

सबैभन्दा धेरै घरजग्गा कारोबार काठमाडौँ महानगरपालिकामा भएको छ, जहाँ कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ।

यस्तै ललितपुरमा १३६.९२, पोखरामा १०८.७१, भरतपुरमा ६३.०४, विराटनगरमा ४७.५९ र वीरगञ्ज महानगरमा २९.१९ प्रतिशतले कारोबार वृद्धि भएको छ। कारोबार भएको क्षेत्रफलका आधारमा पनि काठमाडौँ नै अगाडि छ, जहाँ कारोबार क्षेत्रफल २०८.२२ प्रतिशत र कुल मूल्य २१७.४० प्रतिशतले बढेको छ।

उपमहानगरपालिकाहरूमध्ये धनगढीमा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ भने हेटौँडा कारोबार क्षेत्रफल र मूल्य दुवैमा अगाडि देखिएको छ। हेटौँडामा कारोबार क्षेत्रफल १०४.१६ प्रतिशत र कुल मूल्य १८६.८० प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा देशभर लिखत पारित संख्या १२.२८ प्रतिशत र राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष घटेको कुल कारोबार क्षेत्रफल पनि यसपटक १५.४१ प्रतिशतले बढेकाले समग्र घरजग्गा बजारमा उत्साहजनक सुधार आएको सङ्केत मिलेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *