रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्दै रञ्जिता श्रेष्ठ
xr:d:DAF1QcxCzb4:120,j:6672506458851366693,t:24040213
काठमाडौं । नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेकी छन्। सामाजिक सञ्जालमा उनले लेखेको स्टाटसलाई धेरैले सम्बन्धविच्छेद (डिभोर्स) को तयारीका रूपमा लिए तापनि उनले डिभोर्सका लागि नभई बहुविवाहको कानुनी उपचार खोज्न लागेको स्पष्ट पारेकी छन्। रञ्जिताले सामाजिक सञ्जालमा कानुनले ठहर गर्ने जिम्मेवारीबाट कोही पछि हट्न नसक्ने सङ्केत गर्दै स्टाटस लेखेकी थिइन्। उनले डिसीनेपालसँग आफूले बहुविवाहको मुद्दा दर्ता गर्न लागेको पुष्टी गरेकी छिन् ।
प्राप्त जानकारीअनुसार रञ्जिता रेशमकी जेठी श्रीमती हुन् र उनीहरूको एक छोरा छन्। रेशमले रञ्जितासँग सम्बन्धविच्छेद नगरी मोडल तथा थारु चलचित्रकी अभिनेत्री आशा चौधरीसँग दोस्रो विवाह गरेका थिए। आशातर्फ रेशमका एक छोरी छिन्। हाल रेशम कान्छी श्रीमती आशा र छोरीसँग बर्दियामा बस्दै आएका छन् भने रञ्जिता काठमाडौँमा छोरासँग अलग बस्दै आएकी छन्।
कानुनी रूपमा रञ्जितासँग डिभोर्स नभएकाले रेशम र आशाको विवाह दर्ता हुन सकेको छैन। पछिल्लो समय रेशम र आशाले विवाह दर्ताको प्रयास गरिरहेको सूचना पाएपछि रञ्जिताले कानुनी कदम चाल्ने तयारी गरेकी हुन्। थारु चलचित्र निर्माण तथा निर्देशनका क्रममा नजिकिएका रेशम र आशाले टिकटकमा भिडियोहरू पोस्ट गर्दै आएका छन्। राजनीतिक रूपमा पनि मतभेद उत्पन्न भई दाम्पत्य सम्बन्ध बिग्रिएपछि यो विवाद अहिले कानुनी मोडतर्फ मोडिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment