रास्वपाको पहलमा सर्वदलीय बैठक: बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र संयन्त्र निर्माणमा छलफल

डिसी नेपाल
३१ भदौ २०८३ १२:१२

काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक जारी छ।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधबार बिहान साढे ११ बजेदेखि सुरु भएको बैठकले भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नेबारे महत्त्वपूर्ण निर्णय लिने बताइएको छ।

गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा जनधन र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

यसअघि भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा व्यवस्थापनका लागि १० बुँदे संकल्प प्रस्ताव पारित गरेको थियो भने भदौ १५ गते बसेको दोस्रो तहका नेताहरूको बैठकले उक्त संकल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सोही प्रक्रियालाई निरन्तरता दिँदै आयोजित आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य र सहमहामन्त्री पुरुषोत्तम यादव सहभागी छन्।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाही र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *