सिंहदरबारभित्र यूएनडीपीको गाडीद्वारा रास्वपा सांसदको गाडीलाई ठक्कर

डिसी नेपाल
३१ भदौ २०८३ १३:०३

काठमाडौँ। सिंहदरबार परिसरभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको गाडीलाई ठक्कर दिएको छ।

सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि उक्त दुर्घटना भएको हो। यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीले प्रयोग गर्दै आएको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्राफिक प्रहरी टोली स्थलगत रूपमा खटिएको छ। दुर्घटनाको कारण र क्षतिबारे थप अनुसन्धान तथा वस्तुस्थिति बुझ्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *