ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ओखलढुंगा। मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टरमा सवार तुलसी थापा मगर, भीमबहादुर सार्की र चालक मिलन राई सकुशल रहेका छन्। दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment