प्रतिनिधिसभा बैठक बस्दै: सामुद्रिक जैविक विविधता संरक्षणबारे छलफल हुने

डिसी नेपाल
१ असोज २०८३ ६:३७

काठमाडौं। संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, आजै विभिन्न तीन वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। संघीय संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *