यसरी पक्राउ परे निवर्तमान सभामुख महरा (फाेटाेसहित)

डिसी नेपाल
१९ असोज २०७६ १८:२३

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ परेका छन्।

आइतबार साँझ उनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रक्राउ गरेको जनाईएको छ।

महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको छ । उनलाई तीन कुने प्रहरी वृतमा लगिने प्रहरीले जनाएको छ ।

महरालाई यसअघि नै चढ्दै आएको सवारी साधनमा राखेर लगिएकाले हतकडी लगाईएको वा नलगाईएको बारे त्यहाँ उपस्थिति सञ्चारकर्मीलाई पनि जानकारी गराईएको छैन ।

महरामाथि असोज १२ गते राती संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको छ।

सुरुमा आफुमाथि दुर्रव्यवहार नभएको भन्दै पीडीत महिलाले बयान फेर्दै आएपनि शुक्रबार भने महराविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो।

महराले यस अघि नै सभामुख पदबाट राजीनामा दिइसकेका छन्। १२ गते रातीको घटना १३ गते सार्वजनिक भएपछि अशोज १४ गते बसेको नेकपाको सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन भनेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *