संविधान दिवसको अवसरमा नेपाल टेलिकमको ‘अनलिमिटेड’ डेटा अफर सार्वजनिक

डिसी नेपाल
१ असोज २०८३ १९:२०

काठमाडौं। नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। यस अफरअन्तर्गत टेलिकमले ‘अनलिमिटेड लाइट’ र ‘अनलिमिटेड प्रो’ गरी दुई प्रकारका आकर्षक डेटा प्याकेज उपलब्ध गराएको छ

कम्पनीका अनुसार अफरअन्तर्गत ४९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड लाइट ४९९’ प्याकेज प्राप्त गर्न सकिनेछ, जसअन्तर्गत ३० दिनसम्म दैनिक ५ जीबी डेटा उपलब्ध हुनेछ। दैनिक ५ जीबीको सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने सुविधा छ

त्यस्तै, धेरै डेटा प्रयोग गर्ने ग्राहकका लागि ६९९ रुपैयाँ (करसहित) मा ‘अनलिमिटेड प्रो ६९९’ प्याकेज ल्याइएको छ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डेटा पाइनेछ र उक्त सीमा सकिएपछि ३ एमबीपीएस (3 Mbps) को स्पीडमा अनलिमिटेड डेटा चल्नेछ। पोस्टपेड प्रयोगकर्ताका लागि रेन्टल चार्जसमेत यसै प्याकेजमा समावेश गरिएको टेलिकमले जनाएको छ

यो अफर २०८३ असोज २ गतेदेखि असोज ४ गतेसम्म (तीन दिन) मात्र उपलब्ध हुनेछ। अफर खरिद गर्नका लागि ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सक्नेछन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *