चौध किलोमिटर पक्की कुलो निर्माण

डिसी नेपाल
१ असोज २०८३ २२:३९

चितवन। बागमती प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा सिँचाइका ११० आयोजना सम्पन्न गरेको छ।

सोही आयोजनाअन्तर्गत कार्यालयले सिँचाइका लागि आरसिसी ढलानसहित १४.६० किलोमिटर कुलो निर्माण गरेको हो। कार्यालयका प्रमुख प्रकाश तिमल्सिनाका अनुसार गत आर्थिक वर्षमा ७५ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन्। यो वर्ष गरिएको आयोजनाहरूबाट थप एक सय हेक्टर क्षेत्रफल सिञ्चित भएको उनले जानकारी दिए।

उनका अनुसार नदी नियन्त्रणका लागि ३७ वटा आयोजना, सौर्य/विद्युतीय ऊर्जा जडान सातवटा, स्पर १७ वटा, स्यालो तथा डिप ट्युवेल चारवटा, तटबन्धन पाँच किलोमिटर निर्माण गरिएको छ।

यसैगरी एउटा सिँचाइ आयोजना मर्मत, कुलोका लागि पाइप लाइनिङ १.५ किलोमिटर र पर्खाल निर्माण १७ मिटर गरिएको छ भने एउटा लिफ्ट सिँचाइ आयोजना निर्माणका क्रममा रहेको उनले जानकारी दिए।

कार्यालयले यो आर्थिक वर्षमा २१ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ। यस कार्यालयअन्तर्गत निर्माण गरिएका आयोजनाहरूले हालसम्म एक हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *