राष्ट्र बैंकद्वारा ३० अर्बको एकमहिने निक्षेप संकलनका लागि बोलकबोल आह्वान

डिसी नेपाल
२ असोज २०८३ १३:१६

काठमाडौं।  नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीबाट ३० अर्ब बराबरको तरलता खिच्न एकमहिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप सङ्कलन उपकरणको बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

इच्छुक बैंक तथा वित्तीय संस्थाले कम्तीमा  १० करोड वा सोभन्दा बढी रकम १० करोडले भाग जाँदा बाँकी नरहने (निःशेष भाग जाने) गरी कुल आह्वान गरिएको रकम (३० अर्ब) सम्मका लागि बोलकबोल पेस गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *